भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

फिजीमा पनि ५—११ बर्षका बच्चालाई खोप दिन सुरु

फिजीमा पनि ५—११ बर्षका बच्चालाई खोप दिन सुरु

सुभ, । फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको हो । सो उमेर समूहका एक लाख ३२ हजार ८९३ बालबालिकालाई खोप लगाउनु पर्ने भएकाले त्यही अनुसारको तयारी गरिएको मन्त्रालयको भनाई छ ।

फिजीका स्थायी स्वास्थ्य सचिव जाम्स फोङ्गले कोरोना भाइरसको महामारी फेरि फैलिने खतरालाई मध्यनजर गर्दै बालबालिकालाई खोप लगाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले बालबालिकालाई आवश्यक पर्ने सबै खोपको व्यवस्था गरिएको र कुनै नकारात्मक असर नपर्ने पनि दावी गर्नुभयो ।

बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरूलाई समन्वयकारी भूमिकामा परिचालन गरिने पनि उहाँले बताउनुभयो । त्यसैगरी विभिन्न स्वास्थ्य संस्थाहरूमा पनि बालबालिकालाई खोप लगाउन पाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय बिदाको दिन पनि खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.