भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

मस्को । रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा दोब्बर भन्दा बढी सेना थप्ने पनि बताएको छ । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक भएका छन् यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइनन् ।

यसबाहेक, सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्याण्ड र बाल्टिक राज्यहरू बीचको रुसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महत्त्वपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ। बिहीबार युक्रेनमा रुसी आक्रमण भएको ५० दिन पूरा भएको छ र मस्कोको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन भएको छ। युक्रेनी अधिकारीहरूले पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाले ठूलो आक्रमणको अपेक्षा गरेका केही दिनदेखि चेतानी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.