भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

फुसको छानो हटाउने अभियानमा भेजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ३

फुसको छानो हटाउने अभियानमा भेजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ३

भोजपुर । भेजपुरको टेम्केमैयुङ गाउँपालिकाले फुसको छानोमुक्त बनाउने अभियान थालेको छ । टेम्केमैयुङ गाउँपालिका वडा नं ३ अन्नपूर्ण वडाले फुसको छानोमुक्त बनाउने अभियान थालेको हो ।

कमजोर आर्थिक अवस्था भएका वडाका नागरिकहरुलाई लक्षित गरि जस्तापाता वितरण अभियानको थालनी भएको ३ वडाले जनाएको छ । हालको गाउँपालिका केन्द्र समेत रहेको यो ठाउँलाई नमुनासँगै व्यवस्थित बनाउन योजनावद्ध रुपमा अभियान सञ्चालन भइरहेको वडा कार्यालयले जनाएको छ ।

वडाले थोरै बजेटमा भए पनि स्थानीयको औचित्य र आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेको स्थानीयको भनाई रहेको छ । गत वर्ष १३ विपन्न घर परिवारको खरको छानो हटाउनका लागि जस्तापाता वितरण गरिएको थियो भने यस वर्ष १५ परिवारलाई वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.