भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

फ्रान्स र जर्मनीलक्षित अमेरिकी नयाँ करवृद्धि मंगलबारदेखि लागू

फ्रान्स र जर्मनीलक्षित अमेरिकी नयाँ करवृद्धि मंगलबारदेखि लागू

रासस । संयुक्त राज्य अमेरिकाले फ्रान्स र जर्मनीमा उत्पादित विमान सेवाका पाटपुर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मंगलबारदेखि लागू हुने जनाएको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक विमानहरूका पार्टपूर्जामा १५ प्रतिशत थप कर उठाइने जनाएको छ। साथै, यी दुई मुलुकका अन्य कतिपय उत्पादनमा पनि २५ प्रतिशत भन्सार कर लिइने विभागले जानकारी दिएको छ।

युरोपेली मुलुकहरूले आफ्ना विमान उत्पादक कम्पनीहरूलाई अनुदान उपलब्ध गराएको र त्यसबाट अमेरिकी कम्पनी पनि प्रभावित भएको तथा बजारमा अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भएको जनाउँदै अमेरिकी प्रशासनले युरोपेली उत्पादनमा करवृद्धि गर्ने घोषणा गरेको थियो। गत साता, अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले विमानका पार्टपूर्जामा थप १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेको थियो। साथै, फ्रान्स र जर्मनीमा उत्पादित वाइनमाथि २५ प्रतिशत थप कर लिइने बताइएको थियो। अमेरिकी ट्रम्प प्रशासनले अक्टोबर २०१९ देखि नै करिब साढे सात अर्ब डलर बराबरका युरोपेली वस्तुमा थप कर लगाउने तयारी गरेको थियो।

विश्व व्यापार संगठनले युरोपेली विमान उत्पादक एयरबस र अमेरिकी बोइङ कम्पनीलाई सरकारहरूले प्रदान गरिरहेको अनुदानमाथि प्रश्न उठाउँदै आएको थियो। अमेरिकी घोषणासँगै युरोपेली युनियनले पनि २०२० नोभेम्बरमा ४ अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा पनि करवृद्धि गर्ने घोषणा गरेका थिए। ती देशमा रहेका अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले भने युरोपले अमेरिकी सामानबाट बढी कर असुल्न चाहेको प्रतिक्रिया दिएको थियो।

युरोपेली मुलुकले विमान कम्पनीलाई दिइरहेको अनुदान विगत १६ वर्षदेखि विवादित छ। सन् २००४ मा संयुक्तराज्य अमेरिकाले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को कार्यालयमा उजूरी गर्दै एयरबसलाई युरोपले बढी अनुदान दिएको भन्दै आपत्ति जनाएको थियो। युरोपेली युनियनले पनि गैरकानुनी ढंगबाट अमेरिकाले बोइङलाई अनुदान प्रदान गरिरहेको आरोप लगाएको थियो। डब्ल्यूटीओले भने संयुक्तराज्य अमेरिका र युरोपेली युनियन दुवैले नियम विपरीत विमान उत्पादक कम्पनीहरूलाई अनुदान दिइरहेको जनाएको थियो।

 


Thali Mobile Pvt.Ltd.