भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

फ्रान्सको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी अगाडि

फ्रान्सको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी अगाडि

फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी नेशनल र्‍याली एनआरले फराकिलो अग्रता लिएको छ । पहिलो चरणको मतदानमा राष्ट्रपति उम्मेदवार मरिनले पेनको पार्टी एनआरलाई ३३ दशमलव २ प्रतिशत मत प्राप्त हुने देखिएको छ ।

वामपन्थी गठबन्धनलाई २८ दशमलव १ प्रतिशत र राष्ट्रपति एम्यानुएल म्याँक्रोको गठबन्धनलाई २१ प्रतिशत मत आउने सम्भावना देखिएको बीबीसीले जनाएको छ । फ्रान्सको इतिहासमा दक्षिणपन्थी पार्टी एनआरले इतिहासमै पहिलोपटक पहिलो चरणको चुनाव जितेको हो । एनआर पार्टीबाट युवा नेता २८ वर्षीय जोर्डन बार्डेला प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ ।

पाँच सय ७७ सिट रहेको फ्रान्सको तल्लो सदन नेशनल एसेम्बलीमा बहुमतका लागि दुई सय ८९ सिट आवश्यक पर्छ । त्यहाँ ७ जुलाईमा दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणको चुनावमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाले पहिलो चरणको नतिजा उल्टिन पनि सक्छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.