भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बजार अनुगमन

बजार अनुगमन

लुम्बिनी । मापदण्डविपरीत कारोबार गर्दै आएका पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्न थालेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिको समन्वयमा गरिएको बजार अनुगमनका क्रममा त्यस्ता पसल कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा खरिद बिल नभएका कक्रहवास्थित राजीन्द्र कोल्ड स्टोरलाई रु पाँच हजार, दीपक मदिरा पसललाई रु पाँच हजार , महिमा फेन्सी स्टोरलाई रु पाँच हजार, रीता टे«ड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना तिराइएको कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिनुभयो ।

कार्यालयले बजार अनुगमनका क्रममा करिब रु १२ हजार ८९० का म्याद सकिएको सामग्रीसमेत फेला पारी नष्ट गरेको थियो । कार्यालयले मिनरल वाटरका बोटलमा राखेर अनाधिकृत रुपमा पेट्रोल बेच्नेलाई समेत कारबाही गर्न थालेको छ ।
लुम्बिनीदेखि दक्षिणी क्षेत्रमा रहेको उक्त नाकामा प्रहरी प्रशासनको बाक्लो उपस्थिति भए पनि कालोबजारी र अवैध क्रियाकलाप रोकिएको छैन । बजार अनुगमनलाई नगरपालिका क्षेत्रमा पनि कडाइ गर्न थालिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.