भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बझाङमा हवाई सेवा सञ्चालन

बझाङमा हवाई सेवा सञ्चालन

बझाङ ।  बझाङमा मङ्गलबारदेखि नियमित हवाइ सेवा सञ्चालनमा आएको छ । झण्डै दश वर्ष बढी बन्द बझाङ विमानस्थल कालोपत्रे भएपछि आज पहिलो पटक नियमित हवाइ सेवा सञ्चालनमा आएको हो । बझाङ विमानस्थल प्रखुम मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान गरिएको र आज देखि नियमीत उडान शुरु भएको बताउनुभयो ।

मङ्गलबार समिट एयरले धनगढीबाट १८ यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवा दिने भएको हो । धनगढी बझाङ बसको यात्रा गर्दा धेरै समय लाग्ने र जोखीमपूर्ण हुने भएकोले हवाई यात्रा गर्दा खुशी भएको यात्रु प्रकाश सिहंले बताउनुभयो । भाडा दर केही महङ्गो भएपनि समिट एयरले बझाङबासीको प्लेन चढ्ने धोको पुरा गरिदिएको अर्का यात्रु विराटसिहं कठायतले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.