काठमाण्डौ । तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्डमा पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत उक्त स्थानमा पहिरो खसेपछि गाडी चल्न नसकेको जनाइएको छ । वर्षातका कारण बन्दीपुर गाउँपालिका–५ याम्पामा पहिरो खसेकाले सडक खण्ड दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालयलयले जनाएको छ ।
पृथ्वीराजमार्ग विस्तारका लागि ठाउँ ठाउँमा भित्ता काट्ने काम भएकाले पानी परेपछि पहिरो खस्ने गरेको उल्लेख छ । पहिरो हटाउने काम भैरहेको छ ।
