भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बस दुर्घटना हुुँदा दाङमा २३ जना घाइते, एकको मृत्यु

बस दुर्घटना हुुँदा दाङमा २३ जना घाइते, एकको मृत्यु

काठमाडौं ।  दाङमा बस दुर्घटना हुँदा २३ जना घाइते र एक जनाको मृत्यु भएको छ । शुक्रबार दाङमा दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका हुन ।

दुर्घटनामा परि मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङको देउखुरी भन्ने ठाँउमा उक्त दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.