भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

बाँकेमा कोरोनाबाट दुईको मृत्यु

बाँकेमा कोरोनाबाट दुईको मृत्यु

कोहलपुर । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको जानकारी दिइएको छ । गत पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ । अर्को एक जना होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनी एक्कासि बेहोस भएका थिए । भेरी अस्पताल लगिएलगत्तै उनको मृत्यु भएको फोकल पर्सन वलीले बताउनुभयो । उनलाई पुस २८ गते कोरोना पुष्टि भएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.