भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सम्झौता म्याद अगावै स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण

सम्झौता म्याद अगावै स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा ठेक्का सम्झौताको म्याद अगावै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बकैया गाउँपालिका–३ हात्तीसुँढेमा निर्माण गरिएको चारकोठे स्वास्थ्य केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । भवन निर्माणको ठेक्का पाएको विवेक विनिता निर्माण सेवाले बकैया–३ को स्वास्थ्य केन्द्रको भवन सम्झौताको म्यादभन्दा एक महिनाअगावै निर्माण गरेको थियो । निर्माण कम्पनीका प्रमुख राजनप्रसाद बोलखेले भन्नुभयो, “हामीले पुसको २० गते नै निर्माण सम्पन्न भएको जानकारी दिएका थियौँ, सम्झौताअनुसार भवन निर्माणको म्याद भने माघ २० गतेसम्मका लागि रहेको छ ।”

गत भदौ २९ गते एकै दिन बकैया गाउँपालिका–३ र ७ को आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको थियो । यो अवधिमा दशैँ–तिहारजस्ता चाडपर्व परे पनि निर्माण कम्पनीले तीव्ररुपमा काम अघि बढाएको थियो । वडा नं ७ को भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको बोलखेले बताउनुभयो । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गाउँपालिकाका सबै नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्याउन प्रत्येक वडामा एक–एक आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भइरहेको बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७७÷७८ को गाउँपालिकाको बजेटबाट काम गर्ने गरी सबै भवनको ठेक्का विवेक विनिता निर्माण सेवाले पाएको थियो ।  गाउँपालिकाको रु २७ लाख बजेटमा १२ पिलरको चारकोठे भवन निर्माण गरिएको निर्माण सेवाका प्रमुख बोलखेले जानकारी दिनुभयो ।

विद्यालयलाई कम्प्युटर सहयोग

सानो उमेरमा आफू अध्ययन गरेको विद्यालयको वर्तमान स्थिति के होला रु ‘खोला तर्यो, लौरो बिस्र्यो’ भनेजस्तो ठ्याक्कै नभए पनि धेरैलाई आफू पहिले पढेको विद्यालयको अवस्थाबारे थाहा नहुन सक्छ । मकवानपुरको थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयबाट २० वर्षअघि ८ कक्षा उत्तीर्ण गरेका तीन युवाले भने विद्यालयको अवस्था मात्र बुझेनन्, तीन थान कम्प्युटर पनि सहयोग गरे । थाहा नगरपालिका पालुङका दिनेश कार्की, विजयविक्रम श्रेष्ठ र विशाल ढकाललाई आफू पढेको विद्यालयलाई केही सहयोग गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो ।

उनीहरुले २०५७ सालमा सो विद्यालयको सबैभन्दा माथिल्लो कक्षा ९८ कक्षा० उत्तीर्ण गरेका थिए । प्रधानाध्यापकसँग विद्यालयको अवस्थाबारे बुझ्दा विद्यालयमा कम्प्युटर शिक्षा लागू भए पनि कम्प्युटरको व्यवस्था हुन नसक्दा समस्या भएको जानकारी पाएपछि यी पूर्व विद्यार्थीहरु विद्यालयलाई कम्प्युटर सहयोग गर्न कस्सिएका थिए । दिनेश कार्की हाल अष्ट्रेलियामा कार्यरत हुनुहुन्छ । उहाँले नेपाली सिनेमा र म्युजिक भिडियोमा अभिनयसमेत गर्दै आउनुभएको छ ।

त्यस्तै विजयविक्रम श्रेष्ठ काठमाडौँस्थित एक अन्तर्राष्ट्रियस्तरको निर्माण कम्पनीमा आबद्ध हुनुहुन्छ भने विशाल ढकालले बेलायतमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । तीनै जनाबाट सङ्कलित एकमुष्ट रु ५१ हजारबाट तीन कम्प्युटर खरीद गरेर विजयविक्रम विद्यालय पुग्नुभएको थियो । विद्यालयमा आयोजित एक कार्यक्रमबीच उहाँले प्रधानाध्यापक महेन्द्र प्रधानलाई सहयोग हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा उहाँले विद्यालयको शैक्षिक अवस्था सुदृढीकरणका लागि पूर्वविद्यार्थीहरुका तर्फबाट निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयमा कम्प्युटरको व्यवस्था भएपछि अब विद्यार्थीलाई व्यावहारिकरूपमा पढाउन सहज भएको कम्प्युटर शिक्षक सबिन विष्टले बताउनुभयो । “पहिले विद्यार्थीहरुलाई ‘माउस’ को चित्र देखाएर पढाउनुपथ्र्यो, अब विद्यार्थीहरुले ‘माउस’ पढ्न पाएका छन्”, उहाँले भन्नुभयो । कम्प्युटर पाएपछि प्रधानाध्यापक, शिक्षकहरु र कम्प्युटर कक्षाका विद्यार्थीहरु निकै खुशी भएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.