भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बागमति प्रदेशका सार्वजनिक यातायातमा ११ प्रतिशतसम्म भाडा वृद्धि

बागमति प्रदेशका सार्वजनिक यातायातमा ११ प्रतिशतसम्म भाडा वृद्धि

काठमाडौं । बाग्मती प्रदेशवासीले अब सार्वजनिक सवारीसाधनमा ११ प्रतिशत महंगो भाडा तिर्न पर्ने भएको छ । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री स्तरीय निर्णयबाट प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनमा १० देखि ११ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको छ ।

मन्त्रिस्तरीय निर्णयले वैशाख १ गतेदेखि सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो । मन्त्रालयले निर्णय गरेसँगै बिहीबारदेखि काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा गुड्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ। काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको यात्रा गर्दा यात्रुले अब २० रूपैयाँ तिर्नुपर्ने छ।

यसअघि उपत्यकामा यात्रुले ५ किलोमिटरसम्म सार्वजनिक यातायातमा यात्रा गर्दा १८ रूपैयाँ तिरे पुग्थ्यो । यात्रुले १० किलोमिटरसम्मको दूरीको यात्रा गर्दा अब २५ रूपैयाँ तिर्नुपर्ने भएको छ। यस अघि १० किलोमिटरसम्मको सार्वजनिक यातायातको भाडा २३ रूपैयाँ थियो।

मन्त्रालयका अनुसार १५ किलोमिटरसम्मको यात्रा गर्दा ३० रूपैयाँ, २० किलोमिटर दूरीको यात्रा गर्दा ३३ रूपैयाँ र २० किलोमिटरमाथिको दूरीको यात्रा गर्दा सर्वसाधारणले ३८ रूपैयाँ भाडा तिनुपर्ने भएको थियो ।

५ किलोमिटरसम्मको सार्वजनिक यातायातमा यात्रा गर्दा १८ रूपैयाँ तोके पनि यातायात व्यवसायीले चानचुने पैसा नभएको भन्दै २० रूपैयाँ नै लिँदै आएका थिए।

मन्त्रालयले पछिल्लो समय भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडा समायोजन हुने जनाएको छ।

सरकारले काठमाडौं उपत्यकामा ट्याक्सी भाडा वृद्धि गरेको तीन महिना नबित्दै फेरि भाडा वृद्धि गरेको छ। गत पुस २० गतेको श्रम, रोजगार तथा यातायात मन्त्रिस्तरीय निर्णयले ट्याक्सीको भाडा निर्धारण तथा समायोजन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार गरिएको भाडा वृद्धि माघ १ गतेदेखि कार्यान्वयनमा आएको थियो।

प्रदेश सरकारले भाडा समायोजनका लागि भाडा निर्धारण, समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८ जारी गरेको थियो । नयाँ व्यवस्था अनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राका लागि फ्याग डाउन ६० रूपैयाँ कायम गरिएको छ।

त्यसपछिको प्रति दुई सय मिटरमा ९ रूपैयाँ ८० पैसाका दरले थप हुने गरी कायम गरेको थियो। तर, विहीबारबाट लागू हुने ट्याक्सीको भाडा भने सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु फ्याग डाउन ५० रूपैयाँ कायम गरिएको छ।

सुरुको फ्याग डाउन ५० रूपैयाँ नै कायम गरे पनि अन्य शुल्क भने वृद्धि गरेको छ । प्रति २ सय मिटर १५ रूपैयाँ कायम गरेको छ। दिनको समयमा १० रूपैयाँ भएकोमा अहिले रातको समयमा १५ पुर्‍याइएको छ।

 


Thali Mobile Pvt.Ltd.