भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

बागमती प्रदेश सभाको उपसभामुखमा नेमकिपाको तर्फबाट गीता काफ्लेको उम्मेदवारी दर्ता

बागमती प्रदेश सभाको उपसभामुखमा नेमकिपाको तर्फबाट गीता काफ्लेको उम्मेदवारी दर्ता

हेटौंडा । बागमती प्रदेश सभाको उपसभामुख पदमा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गरेको छ । माघ २ गते हुने बागमती प्रदेश सभा उपसभामुख निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले प्रदेश सभा सदस्य गीता काफ्लेको उम्मेदवारी दर्ता गराएको हो ।

बागमती प्रदेश सभामा प्रजातान्त्रिक अभ्यास गर्न नछोड्ने नेपाल मजदुर किसान पार्टीले जनाएको छ । गठबन्धनले प्रजातन्त्रको घाटी निमोठने काम गरेकाले नेपाल मजदुर किसान पार्टीले प्रजातन्त्रको सुन्दर पक्षलाई जोगाइ राख्ने र प्रतिगमन विरुद्ध सघै अग्रमोर्चामा कार्य सम्पादन गर्न बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.