भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

सिन्धुपाल्चोक । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए ।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाईले बताए ।  बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो ।  खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।

फरार व्यक्ति १७ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा फरार एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको मिति २०६१ पुस १९ गतेको फैसलाले १२ दिन कैद जरिवाना सजाय भई फरार रहेका बाह्रबिसे नगरपालिका–९ बस्ने ३८ वर्षीय विभोर श्रेष्ठलाई बुधबार प्रहरीले चौतारा साँगाचोकगढी–५ स्थित चौतारा बजारबाट पक्राउ गरेको हो ।

श्रेष्ठलाई पक्राउ गरी कैद जरिवाना असुलउपरका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरेकामा अदालतले श्रेष्ठलाई बुधबारै जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.