भर्खरै : Sorry, your browser does not support inline SVG.
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, व्यवस्था नगरे केन्द्र परिवर्तन हुने | इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प | बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता | शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल चढ्ने अनुमति | निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न रोक, क्षति पुर्‍याए क्षतिपूर्ति भराइने | ३५ वर्ष पुरानो अध्यागमन ऐन बदलिँदै, ९ प्रकारका भिसाको ठाउँमा १७ नयाँ भिसा प्रस्ताव | प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’ | संसदको चालु अधिवेशन असोज १६ गते रातिदेखि अन्त्य हुने |

बाढीले बगाएका थप एकको शव भेटियो

बाढीले बगाएका थप एकको शव भेटियो

अछाम  ।  रामारोशन गाउँपालिका–५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन–५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो ।

अन्य १० शवको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए । यही भदौ ३ गते बुधबार आएको बाढीका कारण बगेर १७ बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएको छ ।

उक्त बाढीपहिराका कारण बेपत्ता भएका १७ मध्ये छ शव बुधबार दिउँसो फेला परेको थियो भने एक जनाको शनिबार फेला परेको हो । बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोशन–५ का १५ वर्षीय नवीन साउद, सोही वडा बस्ने ३३ वर्षीया गौरी शाह, सोही ठाउँ बस्ने २२ वर्षीया बबिता बुढाऐर, ४५ वर्षीय अम्मर शाह, ४५ वर्षीया लालसर शाही तथा ४८ वर्षीय चन्द्र साउद छन् ।rss

 


Thali Mobile Pvt.Ltd.