भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

बाथरोगका बिरामीलाई हुम्लामै सेवा शुरु

बाथरोगका बिरामीलाई हुम्लामै सेवा शुरु

हुम्ला । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा हुम्लाले बाथरोगका बिरामीलाई सेवा दिँदै आएको छ । यतिखेर सो कार्यालयमा स्वदेन स्टिम बक्समार्फत बिरामीलाई सेवा दिइरहेको छ । विशेषगरी हुम्ला जिल्लाका सातवटै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक एवं बाथरोगले ग्रस्त भएका व्यक्तिलाई सो सेवा सञ्चालन भएको हो ।

हाल उक्त कार्यालयमा दैनिक ३० देखि ४० जनासम्म सेवाग्राही सेवा लिन आउने गरेका छन् । हुम्लाका नागरिक स्थानीयस्तरमै परम्परागतरूपमा घोडाको प्रयोग गरेर विभिन्न स्थानका खोलानालामा रहेका तप्पनमा गएर बाथरोग हट्ने आश्वासनमा नुहाउने चलन थियो । सो कार्यालयमा रहेको स्वदेन बक्समा बाथरोगका बिरामीको प्रकृति हेरेर पाँचदेखि १५ मिनेटसम्म भित्र बस्ने गरेको पाइएको छ ।

त्यस्ता बिरामीले कम्तीमा पनि एक हप्तासम्म नियमित सेवा लिनुपर्ने हुन्छ । यसलाई पञ्चकर्म सेवा पनि भनिने गरिन्छ । लामो समयदेखि बाथरोग बिरामीले थला परेकी सिमकोट गाउँपालिका–५ की ६० वर्षीया लालकला बोहराले भन्नुभयो, “अब त हुम्लामै यो सेवा उपलब्ध हुँदा जिल्ला बाहिर जानुपर्ने समस्या हटेको छ । यो सेवा पाएपछि स्वर्ग गएजस्तै भएको छ ।”

जिल्लामै स्वदेन बक्स उपलब्ध भएको भए पनि महिला पुरुषका लागि फरक–फरक मेसिन भएको भए अझै उत्तम हुने सुझाव स्थानीयवासीबाट आउन थालेको छ । “विगतका वर्षमा यो रोगका कारण लाखौँ रकम खर्च गरेर जिल्ला बाहिर जानुपथ्र्यो तर यो वर्षदेखि हुम्लामै बाथरोगीका लागि केही सेवा पाउनु भनेको उपचारमा विकास भएको मानिन्छ”, खार्पुनाथ गाउँपालिका–५ का स्थानीय प्रेमबहादुर शाहीले भन्नुभयो ।

हुम्लामा ग्यास पर्याप्त मात्रामा नहुँदा र विभिन्न समस्याका कारण यो सेवा सञ्चालन स्थगन गरिएको हो । यसलाई हाल नियमित सञ्चालन गर्ने जमर्को गरेकोे आयुर्वेद शाखाका प्रमुख कृष्णचन्द जोशीको भनाइ छ । विकट जिल्ला हुम्लाका सातवटै गाउँपालिकाका दूरदराजमा रहेका वृद्धवृद्धालाई यो रोगले धेरैलाई ग्रस्त बनाएको छ । यस्ता किसिमका रोगको उपचारका लागि सदरमुकाम सिमकोटसम्म आउनलाई पनि केही समस्या देखिन्छ । उनीहरु स्थानीयस्तरमै रहेका खोलानालाका तप्पनहरुमा धाउने गरेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.