भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

बुद्ध जन्मस्थल लुम्बिनीलाई बहुउपयोग गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

बुद्ध जन्मस्थल लुम्बिनीलाई बहुउपयोग गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले यसको बहुउपयोग गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । २५६७औँ बुद्ध जयन्तीको मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको सम्भावना असीमित रहेको बताए ।

सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसँगै कपिलवस्तु, देव दह, रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनीको रूपमा विकास गरिने उनको भनाइ छ । क्रान्ति र शान्ति एक अर्काका पूरक भएको भन्दै उक्त विषयलाई बुझ्ने र ग्रहण गर्नेमा एकरूपता हुनुपर्ने बताए ।

नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृह त्याग गरी कठोर परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेकोस्मरण गर्दै उक्त ज्ञानको आज पनि उत्तिकै महत्त्व भएको बताए ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, चिनियाँ राजदूत च्याङ सोङ, यूएनडीपीका नेपाल प्रतिनिधि एशियनी लादे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय,

सदस्य सचिव सानुराज शाक्यले लुम्बिनीको महत्त्वका विषयमा आ आफ्नो धारण राखेका थिए । बुद्ध जयन्ती अवसर आज भोलि विभिन्न कार्यक्रम गर्दै लुम्बिनीमा मनाइँदै छ ।

 


Thali Mobile Pvt.Ltd.