भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बूढानीलकण्ठ नगरपालिकामा तरकारी बजार भवन निर्माण तीव्र

बूढानीलकण्ठ नगरपालिकामा तरकारी बजार भवन निर्माण तीव्र

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले तरकारी बजारको लागि भवन निर्माणको काममा तीव्रता दिएको छ । बूढानीलकण्ठ –२ स्थित नौलिनस्थानमा स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले भवन निर्माणको कामलाई जोड दिएको हो ।

स्थानीयलाई आत्मनिर्भर गराउन र स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्न नगरले योजना अघि सारेको नगर प्रमुख मीठाराम अधिकारीको भनाइ छ । उनले भने, ‘नगरभित्रका उत्पादनलाई हामीले जोड दिएर कृषकलाई आत्मनिर्भर गराउने मुख्य लक्ष्य हो । सोहीअनुरूप हामीले तरकारी बजारको कामलाई ध्यान दिएका छौं । स्थानीय कृषकलाई थप सहजीकरण होस् भनेर पनि हामीले ध्यान दिएका छौं । यस बजारको प्राथमिकतामा स्थानीय कृषक नै रहनुहुनेछ ।’

नगर प्रमुख अधिकारीले नगरभित्रका कृषकलाई बजारीकरणको समस्या नहोस् र उत्पादनको सही मूल्य यहाँबाट कृषकहरू आफैंले प्राप्त गर्नुहोस् भनेर योजना अघि बढाएको बताए । नगरपालिका योजना शाखा प्रमुख महेश पाठकले बूढानीलकण्ठ तरकारी बजारको भवन निर्माण गर्न ९ करोड लागतमा ठेक्का लागेर काम धमाधम भएको जानकारी दिए ।

उनले तरकारी बजारको भवन निर्माण मात्र नभएर बहुवर्षे योजनामा तरकारी भण्डारणका लागि समेत नगरको योजना रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.