भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

बाग्लुङ । जैमिनी नगरपालिका–८ को पुरानो गाउँ वन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरु गरिएको छ । बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले छलफल सुरु गरेकाे हाे । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बाग्लुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने सहमति भएको छ । साथै भेलाले बाँदर पार्क बनाउन आवश्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारलाई  आग्रह गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो ।

भेलामा नगरका मेयर नरबहादुर पुन, उपमेयर हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीयकाे सहभागिता थियाे ।उनीहरुले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न पनि बाँदर आतङ्क रोक्नुपर्ने बताएका छन् ।

‘हामीलाई बाँदरले धेरै दुःख दिएको छ, बालीनाली खाएको छ, नष्ट गरेको छ जसका कारण घरमा खाने केही बाँकी छैन’, स्थानीय दुर्गाबहादुर थापाले भन्नुभयो, ‘जैमिनी नगरभित्रका बाँदर ल्याएर संरक्षण गरियो भने खेतीपाती लगाएर खान पाइएला ।’ हरेक घरमा बाँदरको हेरालो राख्दा पनि बाली जोगाउन नसकिएको उहाँले बताउनुभयो । वडा वडामा बाँदरको समस्या भएपछि कतिपय घरै छाडेर बसाइँ सरेका छन् । घरहरु रित्तिन थालेको र खेतीपाती लगाउने क्रम घटेपछि बस्तीमा छिरेर बाँदरले आतङ्क मच्चाउने गरेको स्थानीयकाे गुनासो छ । याेजना अनुरुप नगरपालिकाले डिभिजनसँगको सहकार्यमा डीपीआर बनाउने, लगानीका बाटा खोज्ने र दीर्घकालीनरुपमा बाँदर नियन्त्रण गर्ने लक्ष्य राखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

‘बाँदर नियन्त्रण गर्न सकियो भने कम्तीमा बसाइँसराइ रोक्न सकिन्छ’, उपमेयर हरिहर शर्माले भन्नुभयो, ‘दिनदिनै बसाइँ जाने अवस्था भएमा गाउँमा विकास निर्माण पुग्दा बस्ती रित्तो हुनेछन्’, खेतबारी बाँझो भएको र आयातको भरमा बाँच्नुपर्दा नगरपालिका दिनदिनै गरिब बन्दै गएकाे छ ।’

कालीगण्डकी करिडोरको छिस्ती सडकदेखि ११ किमी यात्रा गरेपछि पुरानो गाउँ पुगिन्छ । करिडोर कालोपत्रे भएपछि यहाँ पुग्ने सडकस्तरीय बनाउँदा पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने स्थानीय बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.