भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

बैङ्कक–काठमाण्डौ–बैङ्कक ३ सय २० विमानबाट दुईतर्फी दैनिक एक उडान भर्ने

बैङ्कक–काठमाण्डौ–बैङ्कक ३ सय २० विमानबाट दुईतर्फी दैनिक एक उडान भर्ने

काठमाण्डौ । थाई स्माइल एअरवेजले बैङ्कक–काठमाण्डौ–बैङ्कक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । बैङ्ककबाट शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमान यात्रु लिएर बैङ्कक फर्किएको जनाइएको छ । थाइल्यान्डको वायुसेवा प्रदायक कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पहिलो पटक नियमित उडान सुरु गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाइल्यान्डको बैङ्कक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एअरवेजको भगिनी संस्था हो ।

थाई स्माइलले सन् २०१२ जुलाईदेखि व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले कुल १ सय ६२ सिट क्षमताको एअरबस ३ सय २० विमानबाट उडान भरेको छ । कम्पनीले थाइल्यान्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.