भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैङ्कक–काठमाण्डौ–बैङ्कक ३ सय २० विमानबाट दुईतर्फी दैनिक एक उडान भर्ने

बैङ्कक–काठमाण्डौ–बैङ्कक ३ सय २० विमानबाट दुईतर्फी दैनिक एक उडान भर्ने

काठमाण्डौ । थाई स्माइल एअरवेजले बैङ्कक–काठमाण्डौ–बैङ्कक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । बैङ्ककबाट शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमान यात्रु लिएर बैङ्कक फर्किएको जनाइएको छ । थाइल्यान्डको वायुसेवा प्रदायक कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पहिलो पटक नियमित उडान सुरु गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाइल्यान्डको बैङ्कक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एअरवेजको भगिनी संस्था हो ।

थाई स्माइलले सन् २०१२ जुलाईदेखि व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले कुल १ सय ६२ सिट क्षमताको एअरबस ३ सय २० विमानबाट उडान भरेको छ । कम्पनीले थाइल्यान्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.