भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप

बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप

बैतडी । जिल्लामा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन् । खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ ले लगाएका छन् । पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ ले पहिलो मात्रा र १८ हजार ३५६ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ ले पहिलो मात्रा र आठ हजार ४४३ ले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा ११ हजार २८१ जनाले पहिलो मात्रा र सात हजार ८२१ ले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी मेलौली नगरपालिकामा नौ हजार १३६ ले पहिलो मात्रा र पाँच हजार २१८ ले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा आठ हजार ९९५ ले पूर्ण खोप पाएका छन् ।

सिगास गाउँपालिकामा आठ हजार ३९५ ले पहिलो मात्रा र तीन हजार ३३७ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको पाटन नगरपालिकामा छ हजार १६१ ले पहिलो मात्रा र आठ हजार ७५३ ले पूर्ण मात्रा खोप लगाएका छन् । सुर्नया गाउँपालिकामा तीन हजार ७१८ ले पहिलो मात्रा र ४ हजार ९२ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिकामा पाँच हजार ९३७ ले पहिलो मात्रा र छ हजार ९९५ ले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा पाँच हजार १३६ ले पहिलो मात्रा र तीन हजार ७३५ ले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्षभन्दा माथि नागरिकलाई खोप लगाउने कार्य अहिले पनि जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यसैबीच बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा १८ वर्ष माथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको हो ।

सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए । यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.