भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी |

बोक्सी आरोपितलाई २ वर्ष कैद र १ लाख जरिवाना

बोक्सी आरोपितलाई २ वर्ष कैद र १ लाख जरिवाना

धादिङ । बोक्सी आरोपमा कुटपिट गरी तातो पन्यु डामेर घाइते भएकी ४९ वर्षीया एक महिलालाई जिल्ला अदालत धादिङले न्याय दिएको छ ।

लमजुङको राइनास नगरपालिका–३ का ४२ वर्षीय विष्णु भन्ने विमल परियार र धादिङको धुनीबेसी नगरपालिका–५ कि ३८ वर्षीया मुना परियारलाई जिल्ला अदालतको असार ११ गतेको इजलासले दुई–दुई वर्ष कैद गर्न, जनही २२, २२ हजार जरिवाना गर्न गर्न आदेश गर्दै पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिन

फैसला गरेको जिल्ला अदालत धादिङका श्रेस्तेदार खुम भण्डारीले बताए । (कसुर र सजाय) ऐन २०७२ अनुसार बोक्सीको आरोप र ज्यानमार्ने उद्योगमा उनिहरूविरूद्ध जिल्ला अदालतमा विचाराधिन मुद्दा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले १६ पेसीपछि मुद्दा फैसला गरेको हो ।

२०७८ पुस १ गते धुनीबेसी नगरपालिका–५ मा पीडितलाई पन्यूले डामेर र कुटपिट गरेर घाइते पारिएपछि स्थानीयबासीले उद्धारगरी सुस्मा कोइराला मेमोरियल अस्पताल काठमाडौमा उपचार भएको थियो ।

पीडितकोउजुरीकोआधारमा सोही दिन गिरफ्तार गरी जिल्ला अदालतको आदेशले हिरासतमा राखेर अनुसन्धान भएको थियो ।अदालतको आदेशपछि पुनरावेदन अदालतले मुनालाई १ लाख धरौटी राख्न र विमललाई थुनामा राख्नु भन्ने आदेश दिएको थियो । मुनाले धरौटी रकम नराखेपछि दुवै कसुरदार कारागारमा थिए ।

 


Thali Mobile Pvt.Ltd.