भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ब्राजिलको पेट्रोपोलिसमा आपत्काल घोषणा

ब्राजिलको पेट्रोपोलिसमा आपत्काल घोषणा

ब्राजिल । ब्राजिलको पेट्रोपोलिस सहरमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ पुगेको छ । रियो दि जिनेरियोको उत्तरतर्फ पर्ने पहाडी सहरमा दशकौँपछि ठूलो मुसलधारे वर्षा भएपछि आएको बाढीका कारण ९४ जनाको ज्यान गएको र हजारौँ नागरिक प्रभावित भएका हुन । रुस भ्रमणमा रहेका राष्ट्रपति जइर बोल्सोनारोले त्यहाँ तत्कालै सहायता पठाइने बताएका छन् ।

पेट्रोपोलिस सहरमा आपत्काल घोषणा गरिएको छ । उद्धारकर्ताले पुरिएका मानिसलाई खोजिरहेका छन् । बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति भएका र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको पेट्रोपोलिस नगरप्रमुखको कार्यालयले जनाएको छ । यसै महिनाको सुरुमा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परि दक्षिणपूर्वी ब्राजिलमा २८ जनाको ज्यान गएको थियो । रियो दि जिनेरियो राज्यका गभर्नरले सन् १९३२ पछि ठूलो वर्षा भएको बताएका छन्। महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा क्षति भएको जलवायु विज्ञलाई उदृत गरी बीबीसीले जनाएको छ । हिलो मिसिएको भेल घरमा पसेको छ।

 


Thali Mobile Pvt.Ltd.