काठमाण्डौ । भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा. सुमित्रा गौतम यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ बाट सम्मानित हुनु भएको छ । डा. सुमित्रा गौतम सहित भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी र भाषा आयोगका उप–सचिव डा. लोकबहादुर लोप्चन सम्मानित हुन भएको हो ।
यसवर्षका इन्टेग्रिटी आइकनलाई देशभरिबाट प्राप्त भएका ३ सय ३५ मनोनयनबाट पाँच जनाको नाम छनोट गरिएको थियो । सेवाग्राहीको सुझावका आधारमा पाँचै जनालाई छुट्टाछुट्टै शीर्षकमा सम्मान प्रदान गर्नुका साथै अकाउन्टीबिलिटी ल्याब नेपालले सार्वजनिक सेवामा रहेर काम गर्ने पाँच जना कर्मचारीको नाम गएको ५ गते सार्वजनिक गरेको थियो ।
