भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भक्तपुरका सार्वजनिक यातायात भदौ १५ गते सम्म पूर्णरुपमा बन्द

भक्तपुरका सार्वजनिक यातायात भदौ १५ गते सम्म पूर्णरुपमा बन्द

२ भदौ २०७७ भक्तपुर । उपत्यकालगायत विभिन्न सहरहरुमा दैनिक सयौंको संख्यामा संक्रमित थपिरहेको र भक्तपुरमा पनि संक्रमितहरु बढ्दै गएपछि सार्वजनिक यातायात भदौ १५ गते सम्मका लागि बन्द गरिएको छ ।

संक्रमण समुदायस्तरमा फैलिन नदिन भक्तपुर नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु भोलि भदौ ३ गतेदेखि भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय नगरपालिकाले गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको यातायात व्यवसायीको मंगलबार बैठकले यातायात बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

बैठकमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोग तीव्र गतिमा बढिरहेकोले नगरपालिकाले गरेको निर्णय प्रति पूर्ण समर्थन रहेको यातायात व्यवसायीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.