भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न

भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न

भक्तपुर । विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रुपमा पूजा गरिने एकान्त कुमारीको पूजा बडादशैँको दशमीका दिन ब्रह्मायणी शक्तिपीठमा पूजा गरिन्छ । पूजा सकिएपछि सुजमारीमा भक्तजनहरुलाई दर्शनका लागि राखेर विधिवत रुपमा कुमारी घर पु¥याएर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

बडादशैँको दिन तलेजुको आगमघरमा कुमारीलाई लगेर चारवेद पाठसहित पूजा गरिन्छ । पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुब्र्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका पुजारी नरेन्द्रप्रसाद जोशीले बताए ।

 


Thali Mobile Pvt.Ltd.