भक्तपुरमा अत्यावश्यकबाहेक सबै सेवा स्थगित

भक्तपुरमा अत्यावश्यकबाहेक सबै सेवा स्थगित

भक्तपुर । आइतबारदेखि भक्तपुरका अत्यावश्यकबाहेक सबै सेवा स्थगित हुने भएका छन् । काठमाडौं उपत्यकाभित्र कोभिड १९ संक्रमितको जोखिम ह्वात्तै बढेपछि संक्रमण फैलिन नदिन यस्तो गरिएको प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्मको लागि सेवा बन्द गरिएको हो । संक्रमणदर अत्याधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा प्रवाह स्थगित गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.