धनकुटा । चौबिसे गाउँपालिकालाई समाजसेवी मिलेर एम्बुलेन्स हस्तान्तरण गरेका छन् । संविधान सभा सद्स्य हेमराज भण्डारीको संयोजनमा समाजसेवी पूर्ण लिम्बू, डिल्ली ध्वज बराइली र यादव राईले गाउँपालिकालाई शुक्रबार हस्तान्तरण गरेका हुन । एम्बुलेन्सबाट धनकुटाको चौबिसे गाउपालिका वडा नं २, ३ र ४ का स्थानीयबासीले प्रत्यक्ष सेवा पाउने छन् ।
एम्बुलेन्स हस्तान्तरण गर्न पाउदा निकै खुसी भएकाे भन्दै आफ्नाे आम्दानीको केही हिस्सा मानव सेवामा लगाएको उनीहरुले बताएका छन् । मानव सेवा नै उत्तम सेवा भएकाले सहयाेग स्वरूप एम्बुलेन्स हस्तान्तरण गरेको समाजसेवीहरुले बताए । करिब ४२ लाख बजारमुल्य रहेको एम्बुलेन्स सरकारले भन्सार छुट गरिदिएपछि करिब १२ लाख ५० हजार मुल्यमा व्यक्तिहरुले नै खरिद गरी ल्याउन सफल भएको समाजसेवी पूर्ण लिम्बूले जानकारी दिए ।
कुरुले तेनुपा स्थायी घर भई धनकुटा जिल्लाबाट संविधान सभा सदस्य हेमराज भण्डारी, कुरुले तेनुपा स्थायी घर हुने पूर्ण लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका स्थायी घर हुने डिल्ली ध्वज बराइली र कोपिलागढी गाउँपालिका खोटाँग स्थायी घर हुने यादव राईले संयुक्त रुपमा एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाललगायतकाे गरिमामय सहभागिता रहेको थियो । राज्यको नीति अनुसार ‘एक गाउँ एक एम्बुलेन्स’ भएकाले हरेक ठाउँमा एम्बुलेन्स पुग्ने र ग्रामिण भेगमा एउटा मात्रै एम्बुलेन्सले नभ्याउने भएकाले सहयाेगी मनलाइ धन्यवाद दिदै गाउँपालिका उपाध्यक्ष रुचालले समाजसेवीहरूलाइ विशेष धन्यवाद दिइन् ।
तस्वीरमा …



