२ साउन २०७७ भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि माडी नगरपालिका यति बेला अयोध्याको प्रमाण जुटाउन लागेको छ ।
माडीको अयोध्यापुरीमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि प्रमाणित गर्न नगरपालिकाले खोजी थालेको हो ।धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको नगर प्रमुख ठाकुर ढकालले बताए ।
ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण यहाँ रहेका बताएका छन् । सबै तथ्यका आधारमा अयोध्या माडीमा नै हो भन्नेमा आफूहरु विश्वस्त रहेको प्रमुख ढकालले बताए।
