भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भदौदेखि सुर्खेतको सिटी बसपार्क सञ्चालन हुने

भदौदेखि सुर्खेतको सिटी बसपार्क सञ्चालन हुने

९ साउन २०७७ सुर्खेत । एक वर्षपछि वीरेन्द्रनगरको सिटी बसपार्क सञ्चालनमा आउने भएको छ । नगरपालिका र व्यवसायीबीचको विवाद मिलेपछि बसपार्क सञ्चालमा आउन लागेको हो । भदौ एक गतेदेखि बसपार्क सञ्चालन गर्ने तयारी थालिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

बसपार्क सञ्चालनका लागि गत मंसिर १६ गते नगरपालिकाले टेण्डर आह्वान गरेको थियो । बसपार्कमा पहिलेदेखि नै व्यवसाय गर्दै आएका ५४ जना व्यवसायीले उच्च अदालतमा गत पुस १३ गते आफूहरूलाई प्राथमिकता नदिएर पूर्वसहमति विपरीत टेण्डर गरिएको भन्दै रिट दायर गरेका थिए ।

नगरपालिका र व्यवसायीबीच पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई बसपार्क निर्माणपछि व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि उनीहरूले अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमाथि गत फागुन अन्तिमतिर उच्च अदालतले सुनाइ गरेकाे थियाे ।

प्रतिस्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनु भनी अदालतले सुनुवइ गरेपछि विवाद सुुल्झिएको हो । सात करोड ४४ लाख लागतमा निर्माण सम्पन्न बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पाकिङस्थल निर्माण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.