भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भलिबलमा आर्मीको जीत

भलिबलमा आर्मीको जीत

काठमाडौँ, । राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरायो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–७ ले पराजित गयो । यो जीतसँगै आर्मीले तीन अङ्क जोडेको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त स्पर्धाअन्तर्गत महिलातर्फको खेल भने यही असोज १२ गतेदेखि हुनेछ । जारी प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विजेता टोलीले रु चार लाख प्राप्त गर्दा उपविजेताले रु दुई लाख पाउनेछन् । तेस्रो हुने टोलीले भने रु एक लाख प्राप्त गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.