भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पीसीआर प्रयोगशाला सञ्चालनपछि तीन जिल्लाबासी लाभान्वित हुँदै

पीसीआर प्रयोगशाला सञ्चालनपछि तीन जिल्लाबासी लाभान्वित हुँदै

तनहुँ, । व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सीचौरमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएपछि तनहुँ र छिमेकीसहित तीन जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन् । कोभिड–१९ पीसीआर प्रयोगशाला नहुँदा स्वाब सङ्कलन गरी पोखरा पठाएको रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लामै प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएसँगै तनहुँ, गोरखा र लमजुङका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ । उक्त प्रयोगशाला रु एक करोड ३२ लाख १५ हजार २६८ लागतमा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

उहाँका अनुसार कोभिड अस्पताल निर्माणका लागि नगरपालिकाले रु एक करोड ५४ लाखको बोलपत्र प्रकाशितसमेत गरिसकेको छ । प्रयोगशाला सञ्चालन ल्याएकै स्थानमा रु ५० करोडको लागतमा प्रदेशस्तरीय अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाइएको नगरपालिका कार्यालयले जनाएको छ । पीसीआर ल्याब सञ्चालनमा ल्याइएसँगै तनहुँ, लमजुङ र गोरखा गरी तीन जिल्लाका जनताको पीसीआर परीक्षणका लागि पोखरा तथा चितवन जानुपर्ने बाध्यता हटेको वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । पच्चीस–पच्चीस श्ययाको अस्पताल निर्माण गर्ने योजनाअनुरुप उक्त क्षेत्रको करिब २८ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएप्छि ल्याब सञ्चालन गर्ने कार्य अघि बढेको वडाध्यक्ष सापकोटाले जानकारी दिए।

पीसीआर ल्याब सञ्चालनका लागि सम्पूर्ण मापदण्ड पूरा भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वाब परीक्षणका लागि अनुमति प्रदान पाएसँगै सञ्चालनमा ल्याइएको हो । दुम्सीमा आधारभूत स्वास्थ्य केन्द्रलाई विस्तार गरी नगर कोभिड अस्पतालमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने र त्यसको नतिजा साढे दुई घण्टामै प्राप्त हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.