भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भारत गौरव पर्यटक रेल जनकपुर आउँदै

भारत गौरव पर्यटक रेल जनकपुर आउँदै

जनकपुर । रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको छ । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ ।

सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले बताए । जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ ।

भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक जनकपुर आउने छन् । ती पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.