भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

भारत र चीनबीच उच्चस्तरिय वार्ताले के गर्ला ?

भारत र चीनबीच उच्चस्तरिय वार्ताले के गर्ला ?

काठमाडौं । चीन र भारतबीच भारतको लद्दाखमा शान्ति बहालीका लागि उच्चस्तरीय वार्ता हुने भएको छ । आइतबार हुन लागेको दुई पक्षबीचको यो १३ औं वार्ता भएको जनाइएको छ । भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई पटक पटक गरेको आग्रह अटेर गरेपछि वार्ता हुन लागेको हो ।

पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशकर र चिनियाँ समकक्षी वांग यीबीच द्धिपक्षीय वार्ता भएको थियो । वार्तामा भारतीय विदेशमन्त्री जसशंकरले लद्दाखको बिबाद समाधानका लागि एकपक्षीय परिवर्तनले काम नगर्ने भन्दै चीनलाई सेना फिर्ता गर्न दवाव दिएका थिए ।

यसअघि गत जुलाई ३१ मा यी दुई समुहबीच कमाण्डर स्तरमा १२ औं वार्ता भएको थियो । ९ घण्टा सम्म भएको वार्तामा लद्दाखको हट स्प्रिंग्स, गोगराबाट चिनिया सैनिक हटाउन भारतले गरेको आग्रह चीनले अटेर गरेपछि भारत चीनसँग थप असन्तुष्ट बनेको थियो ।

 


Thali Mobile Pvt.Ltd.