भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

च्याम्पियनसीपको उपाधिका लागि आज भारत र नेपालबीच फाइनल खेल हुँदै

च्याम्पियनसीपको उपाधिका लागि आज भारत र नेपालबीच फाइनल खेल हुँदै

काठमाडौं । माल्दिभ्सको मालेस्थित १३ औं संस्करण साफ च्याम्पियनसीपको उपाधिका लागि आज भारत र नेपालबीच फाइनल खेल हुँदैछ । यस च्याम्पियनसीपमा भारत ७ पटकको उपाधि विजेता हो भने नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।

समुह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोकेपछि इतिहास रच्दै पहिलो पटक फाइनलमा पुगेको हो ।

पहिलो दुई खेल बराबरीमा रोकिएको भारतले पछिल्लो दुई खेलमा जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपालले पनि पहिलो दुई खेल जिते पनि तेस्रो खेलमा भारतसित पराजय व्यहोरेको थियो ।

मालेस्थित राष्ट्रिय रंगशालामा आज नेपाली समयअनुसार राति ८ः४५ मा फाइनल खेल हुनेछ । हेड टु हेडका आधारमा हेर्दा नेपालभन्दा भारत बलियो टिम हो । यद्यपि, फाइनलमा नेपाल उच्च मनोबलका साथ उत्रिने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.