भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित

भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ३९ हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ३२ हजार ४१ रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५८१ जनाको मृत्यु भएको पनि मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड नौ लाख ८७ हजार ८८० पुगेको छ भने तीमध्ये तीन करोड एक लाख ४३ हजार ८५० जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ९८९ पुगेको मन्त्रालयले जनाएको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ८० लाख ११ हजार ९५८ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ४३ हजार ४८८ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड १३ लाख ४० हजार ४९१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ३४ लाख ९७ हजार ५८ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.