भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु

भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु

गुवाहाटी, भारत, । भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् । भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर छ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

पूर्वी राज्य बिहारमा आँधीका कारण चट्याङ लागेर कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन मन्त्री रेणु देवीले जानकारी दिनुभयो । आसाम लगातार बाढीको चपेटामा परेको छ । राज्यका ३३ जिल्लाका ५ हजार १४० गाउँहरू बढ्दो पानीले डुबेका छन् । एक लाखभन्दा बढी गाउँले राहत आश्रयमा शरण लिएका छन् । राज्य पहिलो पटक अप्रिलमा प्रभावित भएको थियो । हाल पुनः बर्षाको कारण आएको बाढीमा परी ४४ जनाको मृत्यु भएको छ । छिमेकमा पर्ने मेघालय राज्यमा पहिरो र बगेको खोलाले सडक डुबेपछि गत बिहीबारदेखि कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

मनसुन आँधीले बङ्गलादेशमा विनाशकारी बाढी पनि फैलाएको छ । लाखौं अलपत्र परेका र दर्जनौंको मृत्यु भएको छ । सोमबार, बाढीको पानी सिल्हेटको उत्तरपूर्वी जिल्लाबाट बिस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि लाखौं अझै पनि बेवारिसे भएका जिल्लाका मुख्य प्रशासक मोशर्रफ हुसेनले बताउनु भएको छ । आश्रयस्थलहरु प्रभावित मानिसहरूले भरिएका छन् । त्यहाँ खाना र पिउने पानीको ठूलो संकट छ । धेरै घर फर्कन डराउँछन् भने धेरैले बाढीको पानीमा आफ्नो घर गुमाएका छन्,’ उहाँले एएफपीलाई बताउनु भएको छ ।

जमालपुर जिल्लामा, एक आठ वर्षीया बालिकालाई डुबानमा परेको घरको आँगनबाट बगाएको थियो र पछि मृत फेला परेको प्रहरी अधिकारी अमिनुल इस्लामले एएफपीलाई बताउनु भएको छ । दक्षिणपूर्वी चटगाउँ पहाडी जिल्लाहरूमा पनि भारी वर्षा जारी रहयो जसले बन्दरगाह सहरमा जलमग्नता र पहिरोको जोखिम बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.