काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले बताएका छन् ।
नेपालका धेरै भूगोल मिचेको दावी गर्दै त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानूनले पनि सहयोग गर्ने बताए ।
राष्ट्रियसभाका सांसदसमेत रहेका नेता गौतमले सांसद गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने अडान दोहोर्याए ।
नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको विश्वलाई जानकारी भएको उल्लेख गर्दै गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने तर्क गरे ।
