भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ । दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्वन्धमा मन्त्रिपरिषदले गत माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.