भर्खरै : Sorry, your browser does not support inline SVG.

भिलेज हाइल्याण्ड रिसोर्ट साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२३ का लागि नोमिनेसनमा परेपछि भोटिङको अपिल

भिलेज हाइल्याण्ड रिसोर्ट साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२३ का लागि नोमिनेसनमा परेपछि भोटिङको अपिल

भक्तपुरको सूयृविनायक नगरपालिका वडा नं ८ रानीकोट स्थित भिलेज हाइल्याण्ड रिसोर्ट साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२३ को लागि छनोटमा परेको छ । साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२३ को लागि अनलाइन भोटिङ खुला गर्दै साउथ एशियन ट्राभल अवार्ड्स (साटा) ले आफ्नो १५ औं संस्करणको लागि अनलाइन भोटिङ खोल्दा भिलेज हाइल्याण्ड रिसोर्ट पनि भोटिङका लागि छनोटमा परेको हो ।भिलेज हाइल्याण्ड रिसोर्ट साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२३ का लागि नोमिनेसनमा परेपछि भोटिङको अपिल

साटा दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित ट्राभल अवार्ड शो भएकाले यस क्षेत्रका रिसोर्ट, होटल, सफारी याटहरु र ट्राभल कम्पनीहरूका लागि भोटिङ खुला गरिएको हो । स्थापनाको छोटो समयमा नै दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित “ट्राभल अवार्ड” कार्यक्रममा भोटिङका लागि छनोट पर्नु गौरवको विषय भएको भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक तथा जे पाक्छ त्यही विक्छ अभियानका अभियान्ता राम सुन्दर बकेले बताए । उनले उक्त अवार्ड जिताउन भिलेज हाइल्याण्ड सिसोर्टलाई भोटिङ गरिदिनहुने अनुरोध समेत गरे ।भिलेज हाइल्याण्ड रिसोर्ट साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२३ का लागि नोमिनेसनमा परेपछि भोटिङको अपिल

पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय र सरकारी निकायहरूले उक्त अवार्डलाई समर्थन गरेका छन्। एसोसिएसन अफ प्रोफेशनल इन टुरिज्म (एपीटी), एसोसिएसन अफ टुरिज्म ट्रेड अर्गनाइजेसन, इन्डिया (एटीटीओआई), एसोसिएसन अफ ट्राभल एजेन्ट्स (एटीए), कोलम्बो च्याम्बर अफ कमर्स (सीसीसी), मान्यताप्राप्त टुर अपरेटरहरूको कन्फेडेरेसन (काटो), फेडरेशन अफ च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री अफ श्रीलंका , होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन अफ भुटान, केरला होटल जनरल म्यानेजर क्लब, माल्दिभ्सको नेशनल बोटिङ एसोसिएसन, माल्दिभ्स एसोसिएसन अफ ट्राभल एजेन्ट्स एन्ड टुर अपरेटरहरू, माल्दिभ्स मार्केटिङ एण्ड पीआर कर्पोरेशन, नेपाल पर्यटन बोर्ड, श्रीलंका एसोसिएसन अफ इनबाउन्ड टुर अपरेटर्स, द होटल्स एसोसिएसन अफ श्रीलंका, होटल एसोसिएसन अफ नेपाल, र बंगलादेश इन्टरनेशनल होटल संघ रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.