भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेको छ ।

फाइनल नजिक पुगेको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरिन् । मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । कुशुमले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । रजनीले नेपाललाई २१औं मिनेटमा ३–० को अग्रता दिलाइन् ।

मेनुकाले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् । नेपालसँग पराजित भएपछि चार खेलबाट तीन अंक मात्र रहेको भुटान फाइनल होडबाट बाहिरिएको छ । यस्तै श्रीलंका पनि बाहिरिसकेको छ । अब लिगको अन्तिम खेलमा नेपाल आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

उक्त खेलमा नेपाल फाइनल पुग्नेछ । नेपालले यसअघि बंगलादेशसँग बराबरी खेल्दा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । भारत ३ मध्ये २ खेल जित्दै ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । आइतबारै बंगलादेशले श्रीलंकासँग खेल्ने तालिका छ ।

 


Thali Mobile Pvt.Ltd.