भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भुमिकास्थान नगरपालिका– २ ढाकाबाङमा आगलागी गराउने चारजना पक्राउ

भुमिकास्थान नगरपालिका– २ ढाकाबाङमा आगलागी गराउने चारजना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा चार जनाको मृत्यु हुने गरि आगो लगाउने पक्राउ परेका छन् । गत बैशाख २६ र २७ गते भुमिकास्थान नगरपालिका– २ ढाकाबाङमा आगलागीबाट जलेर घाइते भइ उपचारको क्रममा चार जनाको मृत्यु भएको दिन आगो लगाउने चार जना पक्राउ परेका हुन ।

आगो लगाउने चारै जनालाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ । आगोबाट बस्तीलाई जोगाउने क्रममा गम्भीर घाइते भएका पिताम्बर वेल्वासे, पदम वेल्वासे, घनश्याम वेल्वासे र माधव वेल्वासेको उपचारका क्रममा मृत्यु भएको थियो भने घाइते भएकी अस्मिता बेल्बासेको स्वास्थ्यमा सुधार आएको छ ।

पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका– २ बस्ने ७० वर्षीय देवीराम बेल्बासे, ३६ वर्र्षीय धर्मराज बेल्बासे, ३६ वर्षीय दिनेश थापा र १८ वर्षीय दिपक विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घाँस लिएर फर्किदा उक्त क्षेत्रमा बंदेल लगायतका जंगली जनावरले सताएको भन्दै वनको काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.