भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

भेरोसेलको सिरिन्ज अभावले खोप कार्यक्रम प्रभावित

भेरोसेलको सिरिन्ज अभावले खोप कार्यक्रम प्रभावित

विराटनगर । कोभिड विरुद्धको भेरोसेल खोपका लागि सिरिन्ज अभावले प्रदेश १ मा खोप कार्यक्रम प्रभावित भएको छ । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ । तर सिरिन्ज अभावमा खोप कार्यक्रम प्रभावित छ ।

‘१० हजार वटा मात्र सिरिन्ज छ’, केन्द्र प्रमुख चन्द्रकान्त ठाकुरले भने ‘२–४ दिन सम्ममा सिरिन्ज नआए भेरोसेल खोप कार्यक्रम नै रोकिने स्थिती आउँछ ।’ मोरङ, सुनसरी र झापाबाहेक प्रदेशका अन्य ११ जिल्लामा मोडर्ना खोप चलिरहेकाले ती जिल्लामा मोडर्नाकै सिरिन्ज पर्याप्त भएकाले समस्या छैन ।

प्रदेश १ मा पुस पहिलो सातासम्मा कोभिड १९ विरुद्धको खोप ३२ लाख बढीले लगाएका छन् । पहिलो डोज खोप १७ लाख २९ हजार १ सय १९ जनाले लगाएका छन् । यस्तै दुवै डोज खोप १४ लाख ८८ हजार ७ सय ५५ जनाले लगाएको जिल्ला स्वास्थ्य सूचना प्रणालीमा उल्लेख छ ।

कोभिशिल्ड पहिलो डोज ३ लाख ५० हजार ४ सय ८५ जना र दोस्रो डोज खोप २ लाख ७३ हजार ९ सय ५ जनाले लगाएका छन् । भेरोसेल पहिलो डोज १० लाख ७६ हजार २ सय ८१ जनाले लगाएका छन् ।

भेरोसेल दोस्रो डोज खोप ७ लाख ५२ हजार ७ सय ७७ जनाले लगाएका छन् । यस्तै जोनसन एण्ड जोनसन २ लाख ४५ हजार ४ सय ६५ जनाले लगाएका छन् । अस्ट्राजेनेका पहिलो डोज २ लाख ९६ हजार ३ सय ८४ जनाले र दोस्रो डोज खोप २ लाख १२ हजार ७ सय ९२ जनाले लगाएका छन् । फाइजर पहिलो डोज ५ हजार ९ सय ६९ र दोस्रो डोज ३ हजार ८ सय १६ जनाले लगाएको स्वास्थ्य सूचना प्रणालीमा उल्लेख छ ।

बालबालिकालाई खोप लगाइँदै
प्रदेश १ का सुनसरी, मोरङ र झापाबाहेकका ११ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप बिहीबारबाट लगाउन सुरु गरिँदै छ ।

प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले १२ देखि १७ जिल्लाका बालबालिकाका लागि ११ वटै जिल्लामा मोडर्ना खोप पुगिसकेकोले बिहीबारदेखि संखुवासभाबाट खोप लगाउन सुरु गर्ने बताए । उनले ११ वटा जिल्लामा २ लाख ३४ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताए ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंका अनुसार सुनसरी, मोरङ र झापामा अबको महिना दिनपछि खोप लगाउने तयारी गरेको बताए ।

स्राेतः कान्तिपुर

 


Thali Mobile Pvt.Ltd.