भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मंसिर १ गते देखि मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्व सुरु

मंसिर १ गते देखि मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्व सुरु

काठमाडौं । मंसिर १ गते देखि मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्व सुरु भएको छ । चार दिनसम्म निष्ठापूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय खायको विधि गरिन्छ । व्रत बस्नले नुहाएर अरबा अरबाईन भोजन गर्ने चलन रहेको छ ।

अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुनेगर्छ । छठ पर्वमा बाँसको ढाकी, माटोले बनेका सामग्री लगायत चढाइन्छ भने प्रसादमा प्रमुख ठेकुवा, केराका साथै भुसुवा, खाजा, मिठाई, अदुवा, उखु, हल्दी तथा फलफूल आदि सूर्यलाई चढाइन्छ ।

छठ पर्वका लागि जनकपुरधामका पोखरीहरु सजाइएको छ । आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनार लगायत जलाशयका किनारलाई विशेष रुपले सिंगारिएको छ । जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुले छठ पूजा गर्ने अनुमान गरिएको छ । पछिल्लो समय काठमाण्डौलगायत पहाडी क्षेत्रमा पनि यो पर्व धुमधामकासाथ मनाउन थालिएको छ ।

छठपर्वको दोस्रो दिन शनिबार चामल, सक्खर र दूध मिसाएर बनाएको खीर (खरना) प्रसादको रुपमा खाने गर्दछन् । आइतबार तेस्रो दिन छठ पर्वको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ भने चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.