भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने सहमति

मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने सहमति

हेटौंडा । उपमहानगरपालिका–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने सहमति भएको छ ।आइतबार बसेको सर्वदलिय–सर्वपक्षिय बैठकले मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने सहमति दिएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रिय क्याम्पसका रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकार अघि बढेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

प्रदेश सरकारको पैसा सकेसम्म भौतिक संरचनामा खर्च नगरी बनेकै संरचनामा विश्वविद्यालय स्थापना गर्न जोड दिएको स्पष्ट पारे । विज्ञहरुले दिएको सुझावका आधारमा कृषि, स्वास्थ्य र प्राविधिक विषयलाई प्राथमिकता दिने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

क्याम्पस विश्वविद्यालयको जिम्मेवारी वहन गर्न तयार रहेको मकवानपुर बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष अनन्त पौडेलले बताए । छलफलमा सहभागीले मकवानपुरमा प्रदेश विश्वविद्यालय स्थापना हुनु गौरवको विषय रहेको बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.