भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मङ्सिर महिनाका लागि वाणिज्य बैङ्कहरूद्वारा नयाँ ब्याजदर सार्वजनिक

मङ्सिर महिनाका लागि वाणिज्य बैङ्कहरूद्वारा नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । मङ्सिर महिनाका लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बिहीबार सूचना प्रकाशित गर्दै बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन । कात्तिक महिनामा ९ दशमवल ९६ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मङ्सिर महिनामा ० दशमलव ३३ प्रतिशत बिन्दु घटेर ९ दशमलव ६३ प्रतिशतमा झरेको छ ।

संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ० दशमलव ३०६ प्रतिशत बिन्दु घटेर ७ दशमलव ५४ प्रतिशतमा झरेको छ। बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ। छ वाणिज्य बैङ्कले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैङ्कले ब्याजदर बढाएको छ।

२० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ। एनआइसी एसियाले कात्तिक महिनाका तुलनामा मङ्सिर महिनामा ब्याजदर २ दशमलव ०३ प्रतिशत बिन्दुले घटाएको छ। बैङ्कले मङ्सिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ९६ प्रतिशत ब्याज दिने भएको छ।

एनआइसी एसियापछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबी बैङ्क लिमिटेड रहेको छ। बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर १ दशमलव २४ प्रतिशतभन्दा घटाएर ९ दशमलव ७६ प्रतिशतमा झारेको छ। हाल सञ्चालनमा रहेको २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका हुन्।

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ। एनआइसी एसियाले कात्तिक महिनाका तुलनामा मङ्सिर महिनामा ब्याजदर २ दशमलव ०३ प्रतिशत बिन्दुले घटाएको छ। बैङ्कले मङ्सिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ९६ प्रतिशत ब्याज दिने भएको छ।

 


Thali Mobile Pvt.Ltd.