भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुकारका तीन नगरपालिकामा निर्वाचन शान्तिपूर्ण रुपमा सकियो : प्रमुख जिल्ला अधिकारी शर्मा ( भिडियो सहित .)

भक्तपुकारका तीन नगरपालिकामा निर्वाचन शान्तिपूर्ण रुपमा सकियो : प्रमुख जिल्ला अधिकारी शर्मा ( भिडियो सहित .)

भक्तपुर । भक्तपुरका ३ वटा नगरपालिकामा मत गणना सकिएको छ भने एउटा नगरपालिकामा मत गणना जारी रहेको छ । मध्यपुर थिमि नगरपालिका,भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिकामा मतगणना सकियो भने सूर्यविनायक नगरपालिकामा मत गणना जारी रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माले भक्तपुरमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउदै सबै सुरक्षा निकायलाई धन्यवाद दिनुभयो । उहाँले भक्तपुरका ४ वटा नगरपालिका मध्ये ३ वटा नगरपालिकामा मत गणना सकिएर मत परिणाम सार्वनजनिक भएको जानकारी दिदै सूर्य विनायक नगरपालिकाको पनि मत गणना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

सुरुमा अनुभव नभएकाले पनि ढिला मत गणना भएपनि पछि भने दु्रत रुपमा मत गणना भएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । भक्तपुरका चार नगरपालिका मध्ये मध्यपुुर थिमि नगरपालिका प्रमुखमा काँग्रेस, चाँगुनारायण नगरपालिका प्रमुखमा काँग्रेस, भक्तपुर नगरपालिकामा नेमकिपाले प्रमुखमा जित हासिले गरेको छ भने सूर्यविनायक नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको छ । भिडियो सहित ..

 

 


Thali Mobile Pvt.Ltd.