भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

मतपत्र दार्चुला आइपुग्यो

मतपत्र दार्चुला आइपुग्यो

दार्चुला । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ । निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ ।

हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि एक दुई दिनभित्रै तालिमको आयोजना गर्ने तयारी छ । निर्वाचनमा जिल्लामा एक हजार बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।जिल्लामा कूल ८८ हजार २८५ मतदाता छन् । कार्यालयका अनुसार ११० मतदानस्थल र १३९ मतदान केन्द्र तोकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.