भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मर्यादापालकमा नै देखियो कोरोना, प्रदेश सभा बैठक स्थगित

मर्यादापालकमा नै देखियो कोरोना, प्रदेश सभा बैठक स्थगित

२२ जेठ २०७७ बिहीबार । प्रदेश २ को प्रदेश सभाका पाँचजना मर्यादापालकमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरस पोजेटिभ देखिएपछि बिहीबारको बैठक स्थगित गरिएको हो ।

बुधबार चौथो अधिवेशनको पहिलो बैठक बसेको प्रदेश दुइको बैठक बस्नुभन्दा केही दिनअघि प्रदेश सभा सचिवालयले सांसद र सचिवालयमा काम गर्ने कर्मचारीको कोरोनाको परीक्षण गरेको थियो ।

तर, उनीहरूको रिपोर्ट बिहीबार मात्रै आएपछि आजको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले अब प्रदेश सभा भवनलाई स्यानिटाइज गरेर शुक्रबार दिउँसो १ बजे मात्रै बैठक बस्ने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.