भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

मर्यादापालकमा नै देखियो कोरोना, प्रदेश सभा बैठक स्थगित

मर्यादापालकमा नै देखियो कोरोना, प्रदेश सभा बैठक स्थगित

२२ जेठ २०७७ बिहीबार । प्रदेश २ को प्रदेश सभाका पाँचजना मर्यादापालकमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरस पोजेटिभ देखिएपछि बिहीबारको बैठक स्थगित गरिएको हो ।

बुधबार चौथो अधिवेशनको पहिलो बैठक बसेको प्रदेश दुइको बैठक बस्नुभन्दा केही दिनअघि प्रदेश सभा सचिवालयले सांसद र सचिवालयमा काम गर्ने कर्मचारीको कोरोनाको परीक्षण गरेको थियो ।

तर, उनीहरूको रिपोर्ट बिहीबार मात्रै आएपछि आजको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले अब प्रदेश सभा भवनलाई स्यानिटाइज गरेर शुक्रबार दिउँसो १ बजे मात्रै बैठक बस्ने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.