भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय

महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो । यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो । कञ्चनपुरका प्रदेशसभा सदस्य लालबहादुर खड्का सामाजिक विकासमन्त्री भएपछि महाकाली अस्पताललाई प्रादेशिक बनाइएको हो ।

मन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रादेशिक बनाउने निर्णय गरेको हो । अघिल्लो हप्ता मन्त्री भएका खड्काको महाकाली अस्पताल बनाउने यो पहिलो निर्णय हो । “मन्त्री भएपछि महाकाली अस्पताल बनाउने पहिलो निर्णय गरिएको छ”, मन्त्री खड्काले भन्नुभयो, “अब महाकाली पनि सेती अस्पतालकै हैसियतमा आएको छ ।” महाकाली अस्पताललाई प्रादेशिक बनाउन महाकाली अस्पताल व्यवस्थापन समितिले शुरुदेखि प्रदेशसभा सदस्यलाई दबाब दिँदै आएको थियो ।

“महाकाली अस्पताललाई प्रादेशिक बनाउन शुरुदेखि नै आवाज उठ्दै आएको थियो । आज त्यसलाई सम्बोधन गरिएको छ”, मन्त्री खड्काले भन्नुभयो । महाकाली प्रादेशिक अस्पताल भएपछि सेती अस्पतालझै सेवा सुविधा विस्तार, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माणलगायतका कार्य हुने छन । प्रदेश सरकारको निर्णयपछि सुदूरपश्चिममा महाकाली र सेती दुई प्रादेशिक अस्पताल भएका छन् । यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीको टीकापुरलाई उपप्रादेशिक अस्पताल बनाएको थियो ।

महाकाली अस्पताललाई टीकापुरसरह उपप्रादेशिक बनाउन प्रदेश सरकार इच्छुक देखिएको थियो । महाकाली अस्पताल व्यवस्थापनले उपप्रादेशिकमा विमति राखेपछि महाकाली अस्पताल बनाइएको थियो । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले प्रादेशिक बनाउनुपर्ने माग सम्बोधन गरिएको बताउनुभयो । “प्रादेशिक बनाउनुपर्ने माग विगतदेखि राख्दै आएका थियौँ । यसपटक मन्त्रीले माग पूरा गरिदिनुभयो”, अध्यक्ष जोशीले भन्नुभयो ।

अध्यक्ष जोशी प्रदेश र सङ्घीय सरकारसित समन्वय गरी महाकाली अस्पताल सुधारमा लाग्नुभएको छ । चिकित्सक नहुने अस्पतालमा अहिले विशेषज्ञसहित २८ जना कार्यरत छन् । विसं २०३४ मा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्थापना गरिएको महाकाली अञ्चल अस्पताल विसं २०४३ मा अञ्चल अस्पताल बनेको थियो ।

 


Thali Mobile Pvt.Ltd.